सत्ताधारी कम्युनिस्ट पार्टी छोडी नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

काठमाडौं , २९ चैत । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिलाइ प्रतिबन्ध लगाएर दमन गरिरंहदा झापामा भने सरकारको नेतृत्व गरिरहेको अर्को नेपाल कम्युनिस्ट पार्टिलाइ नक्कली कम्युनिस्ट पार्टिको आरोप लगाउदै झापाबाट २२ जना नेता कार्यकर्ताले बिप्लवलाइ साथ दिएर अघि बढ्ने भन्दै पार्टी प्रबेश गरेका छन । पुर्व माओबादी केन्द्र र पुर्व एमालेका नेता कार्यकर्ता हरु नेकपामा प्रबेश गर्दै क्रान्तिको अधुरो अबिभारा पूरा गर्ने प्रतिबद्धता समेत गरेका छन । प्रबेश गर्नेहरुमा पुर्व माकेका केन्द्रिय सदस्य टीका पोख्रेलले पार्टी आन्दोलनमा पुर्णकालिन भएरै लाग्ने भन्दै पार्टी प्रबेश गरेका छन । साथै अन्य नेता कार्यकर्ताहरुले आ आफ्नो ठांउबाट विभिन्न मोर्चा, संगठनमा रहेर पार्टिको काम गर्ने योजना लिएको बताएका छन । पुर्व एमालेका युवा संघका केन्द्रिय सदस्य कुमार सर्माले केही समय पछि खुलेर पुर्णकालिन भएरै काम गर्ने बताए । टीका पोख्रेल २०५३ सालबाट जनयुद्धमा निरन्तर काम गर्ने इमान्दार र सकृय नेतामा पर्छन । उनिले पटक पटक जेल जीवन बिताएका छन । जनतामा राम्रो आधार भएको मानिएका पोख्रेलको नेपाल कम्युनिस्ट पार्टिमा प्रबेशले धेरै क्रान्तिकारी जनतामा उत्साह पैदा भएको अन्य प्रबेशिहरुले बताए ।
पार्टी प्रबेश गर्नेहरुको नाम सहितको बिग्यप्ति:-
नेपाली कम्युनिस्ट आन्दोलनको प्रभाव र महान जनयुद्धको राप र तापबाट नेपालमा एक प्रकारको एतिहांसिक राजनितिक परिवर्तन भएको कुरा सर्वबिदितै छ । रास्टृयता र जनतन्त्रको सवालमा विभिन्न कालखण्डमा नेपालि जनताको तर्फबाट संचालित जनसंघर्स / महान जनयुद्धमा देश र जनताको मुक्तिको खातिर आफ्नो अमुल्य जिवनको हांसी हांसी आहुती दिंदै हामी बांचिरहेका हरुको लागि प्रेरणाको श्रोत बन्नु हुने अथवा हाम्रो लागि पथप्रदर्शक बन्नु हुने सम्पुर्ण ज्ञात अज्ञात महान शहिदहरुलाइ स्मरण गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै उंहाहरुले उठाउनु भएको रक्तिम झण्डालाइ लतृन नदिइ उंहाहरुले देखाउनु भएको मुक्ती मार्गमा अबिचलित रुपमा डटिरहने दृढ प्रतिज्ञा समेत गर्दछौं ।
हामी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विभिन्न तहमा कार्यरत नेता कार्यकर्ताहरु यो निस्कर्समा पुगेका छौं कि आजका मिति सम्म हामी कृयाशिल रहेको पार्टि नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टिको रुपमा नरहेको बरु दलाल र भ्रस्टहरुको नेतृत्वमा बिदेशी प्रभुहरु प्रती समर्पित उही दलाल पुंजिपती बर्ग (शासक बर्ग) को प्रतिनिधिको रुपमा परिणत भएको तितो यथार्थता दिनको घाम जत्तिकै छर्लङ भएको छ । अब हामी यो अवस्थामा १७ हजार भन्दा बढी नेपाली सपुतहरुको अमुल्य रगत र हिजो हामिलाइ बांडिएको सपनालाइ सम्झिरहेका छौं, तिनै हज्जारौ महान शहिदहरुको बलिदानी र सपनालाइ सम्झिरहेका छौं । शहिदको रगतको टीका लगाएर हामिले खाएको मुक्ति या मृत्युको सपथलाई सम्झिरहेका छौं । “कम्युनिस्ट” भन्ने महान शब्दको बदनाम गर्दै हिजोका क्रान्ती नायकहरु बाटै लुट भ्रस्टाचारको ठूलो चांङ्ग खडा गरिएको , देशका ठुला नदिहरु कमिसनको खेलमा बिदेशी प्रभुलाइ कौडिको भाउमा सुम्पिरहेको, देशकै सौदाबाजी गर्ने गरि बिदेशिहरुलाइ नागरिकता प्रदान गरेको मात्र नभै सरकारी जमिन समेत दलाल र बिचौलियाहरु मार्फत बेचेर खान थालेको र नेपाली जनताले बलिदानको उच्चतम किर्तिमान खडा गर्दै सिमित उपलब्धि हरुको समेत अपहरण गर्दै फेरिपनी राज्य दमन र जनतामा आंतक मच्चाइरहेको साथै नेपाली जनता र रास्ट्रको पक्षमा आवाज उठाउने भ्रस्टाचारको बिरुद्धमा संघर्षरत जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टि माथी प्रतिबन्ध लगाउने कार्य गरिरहेको हुनाले यो अवस्थामा हामी शासक बर्गको पक्षमा नभै देश र जनताकै पक्षमा उभिनुको बिकल्प नै नरहेको हुंदा उक्त दलाल र भ्रस्टहरुको नक्कली कम्युनिस्ट पार्टी परित्याग गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने महान उदेश्य बोकेर संघर्षरत नेपाली श्रमिक तथा देशभक्त नागरिकहरुको पार्टी नेपाल कम्युनिस्ट पार्टिमा समाहित भएको कुरा यसै बक्तब्य मार्फत सगौरव घोसणा गर्दछौं ।
साथै नेपाल र नेपालीलाई माया गर्ने तमाम इमान्दार क्रान्तिकारी नेता तथा कार्यकर्ता कामरेडहरुलाइ भ्रम मुक्त रंहदै दलाल भ्रस्टहरुको पक्षपोसक नक्कली कम्युनिस्ट पार्टिबाट बिद्रोह गर्दै क्रान्तिकारी ध्रुबिकरणको प्रकृयामा अघि बढ्न समेत अपिल गर्दछौं । सके देश र जनताको पक्षमा दृढता पुर्वक उभिन र यदि त्यसो गर्न सम्भव नभएमा दलाल पुंजिपती शासक बर्गको मतियार नबन्नु हुन समेत हामी यसै बिग्यप्ती मार्फत अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
१ टीका पोख्रेल ( पुर्व माके- के. आ. स.)
२ कुमार सर्मा ( पुर्व एमाले युवा संग के.स.)
३.बिमल ( पुर्व माके जिल्ला सदस्य)
४. अग्नि ( पुर्व माके जि स)
५. सन्तोस
६. सरोज
७. सुधिर
८. मुना
९. समीर
१०. श्याम
११. निर्मला
१२. सरल
१३. अभिषेक
१४. जितेन्द्र
१५. चेतन
१६. भानुभक्त
१७. अमर
१८. राजु
१९. सुजन
२०. सुरज
२१. सौगात
२२. भिम
– सर्गम श्रेष्ठ