नेकपा मकवानपुरका इञ्चार्ज ज्वालासहित २ पक्राउ

काठमाडौं , २९ चैत । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ सहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो । सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको बुझिएको छ ।
यसअघि मकवानपुर प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।