गिरफ्तार नेता रिहा नगरे सशक्त प्रतिवाद

काठमाडौं , २९ चैत । नेपाल कम्युनिस्ट पार्टीले नारायणी ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ र जिल्ला कमिटि सदस्य आकाश लामालाई गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ ।
नेकपा नारायणी व्युरोका ईन्चार्ज मिलनले शुक्रवार विज्ञप्ती जारी गरी हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनबाट इन्चार्ज ज्वाला र जिल्ला सदस्य लामालाई अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै गिरफ्तारीप्रति घोर भत्सना र निन्दा गरेका छन् ।
पार्टी कामको शिलसिलामा हिडिरहेको अवस्थामा उनीहलाई प्रहरीले गिरफ्तार गरेको भन्दै ईन्चार्ज मिलनले बिना सर्त रिहा गर्न समेत माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टी नारायणी व्यूरो गिरफ्तार गरिएका क.ज्वाला र क. आकाशलाई विनासर्त तत्काल रिहाईको माग गर्दछ । अन्यथा यस्ता षड्यन्त्र र दमनको सशक्त प्रतिवाद गर्न पार्टी बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ । ’
लिनले केपी–प्रचण्ड सरकारले केही समयदेखि नेपाल कम्युनिस्ट पार्टीमाथि फासिस्ट दमन अभियान तिब्र बनाएको भन्दै दमनले आन्दोलन नरोकिने बरु क्रान्तिकारीहरुलाई थप उर्जा प्रदान गर्ने समेत बताएका छन् ।
बिज्ञप्तीमा भनिएको छ, ‘दलाल पूँजीवादी सत्ताका राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध जारी हाम्रो पार्टीको सङ्घर्षबाट अतालिएको दलाल फासिवादी वर्तमान सरकारले पार्टीका नेता कार्यकर्तालाई विना कारण गिरफ्तार गरेर विभिन्न झुट्टा मुद्धामा फसाउने कार्य बढाएको छ । तर सहि विचार र दृष्टिकोणबाट अघि बढेको जनताको आन्दोलनलाई सत्ताको दमनले रोकेको ईतिहास कही कतै छैन, बरु क्रान्तिकारीहरुलाई झनै दृढ र समर्पित हुन प्रेरित गर्दछ ।’
यसअघि मकवानपुर प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।