प्रतिवन्ध नहटाए प्रतिराेध अान्दाेलन

काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे कलकत्ता बजार र बेदकाेट नगरपालिकामा काेणसभा सम्पन्न गरेकाे छ । सरकारी प्रतिवन्धकाविच पनि नेकपाले खुल्ला रूपमा काेणसभा गरेकाे हाे । कलकत्ता बजारकाे काेणसभालाई सम्बाेधन गर्दै महाकाली ब्यूराे सदस्य रामबहादुर सिंहले बैशाख ६ गतेसम्म प्रतिवन्ध नहटाए प्रतिराेध अान्दाेलन अगाडि बढाउने बताए । उनले केन्द्रकाे नीति अनुसार राज्यले सञ्चालन गर्ने कार्यक्रममा प्रतिवन्ध लगाउने चेतावनी समेत दिए । उनले भने,`हामीमाथीकाे प्रतवन्ध नहटाउने हाे भने केन्द्रकाे नीति अनुसार सरकारका कार्यक्रममा पनि हामीले प्रतिवन्ध लगाउने छौ ।’ बेदकाेटकाे कार्यक्रमलाई सम्बाेधन गर्दै ब्यूराे सदस्य विवशले अाफ्नाे पार्टीमाथीकाे प्रतिबन्ध सरकारलाई महङाे पर्ने चेतावनी दिएका छन् । सरकारले प्रतिवन्ध लगाएपनि ने.क.पाले अाफ्ना कार्यक्रमलाई खुल्ला बनाउन सुरू गरेकाे छ ।