जनपत्रकार संगठनद्वारा पत्रकार महासंघको आन्दोलनमा ऎक्यबद्दता

२०७६ बैशाख ४ गते, बुधबार

काठमाडौँ, ४ वैशाख । जनपत्रकार संगठन नेपालले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा ऎक्यबद्दता जनाएको छ ।
सो संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले देशभर आफ्नो संगठनका केन्द्रिय समिती,क्षेत्रीय समन्वय समिति,जिल्ला समितिका पदाधिकारी तथा सदस्य र देशब्यापी संगठनका साधारण सदस्यहरुलाई महासंघको आन्दोलनको कार्यक्रमहरुमा ऎक्यबद्दता जनाउदै सहभागी हुन निर्देशन दिइएको बताए ।
अध्यक्ष डुम्रेले विचार र अास्थाका अाधारमा गिरफ्तार गरिएका पत्रकारहरु लाई समेत तत्काल रिहाइ गर्न सरकारलाई चेतावनी दिएका छन् । जनपत्रकार संगठन नेपाल काठमाडौका संयोजक जितेन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरी झुठा मुद्दा लगाएर हिरासतमा राखिएको घटना प्रति अध्यक्ष डुम्रेले देशभरका पत्रकारहरु थप अान्दोलित हुनुपर्ने समेत बताए ।
महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने जनाइएको छ ।
बैशाख ५ गते विहान ९ः३० देखी १०ः३० सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र भोली नै केन्द्रीय समितिले गृहमन्त्रात्रालय र संचार मन्त्रालयमार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको छ । लगतै आन्दोलनका कार्यक्रम तय गर्न भोली नै केन्द्रीय समितिको उपलब्ध बैठक बस्ने जनाइएको छ ।
त्यसैगरी आन्दोलनमा सहभागिता, समर्थन र ऐक्यवद्धताका लागि जनपत्रकार संगठनले देशभर निर्देशन एवम् अपिल गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]