नेकपाका केन्द्रिय ‘आदर्श’ र ‘असल’ गिरफ्तार

२०७६ बैशाख ६ गते, शुक्रबार

काठमाडौं, ६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रिय सदस्य दाङबाट गिरफ्तार भएका छन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य चुरामणी वलि ‘आदर्श’ र केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई दाङ बाट गिरफ्तार गरेको नेकपाले जनाएको छ । आदर्श सो पार्टीका स्कुलिङ्ग बिभागका सदस्य हुन भने असल यसअघि लामो समय हिरासतमा बसेर सर्बोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]