फिनल्यान्डको कम्युनिष्ट पार्टीद्वारा नेकापामाथि लगाएको प्रतिबन्ध हटाउन माग

काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताको गिरफ्तारीको श्रृङ्खला नराेकिएपछि द कम्युनिस्ट लिग अफ फिनल्यान्डले गिरफ्तारीकाे विरोध गर्दै तुरुन्त रिहा गर्न माग गरेको छ । उक्त पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव जुहा केक्सीले संयुक्त हस्ताक्षर गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्नुको कुनै कानूनी आधार छैन ।
‘यसरी प्रतिबन्ध लगाउनु समाजवाद र मानवअधिकारको कानुनी र संवेदनशील उल्लघंन हो । फिनल्यान्ड कम्युनिस्ट लिग नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार गरिएका कार्यकर्ताको रिहाई गर्न उनीहरुमाथि अत्याचार रोक्न माग गर्दछ’, जारी गरेको पत्रमा लेखिएको छ ।
यसअघि विप्लव नेकापामाथि लगाएको प्रतिबन्ध हटाउन र कार्यकर्तामाथिको धरपकड बन्द गर्न माग गर्दै कम्युनिस्ट पार्टी अस्ट्रेलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेको थियो ।