प्रधानमन्त्री ओलीलाई कालोझण्डा

२०७६ बैशाख ७ गते, शनिबार

काठमाडौं, ७ वैशाख । जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ । प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलिरहेका थिए ।
कालो झण्डा देखाउदै गर्दा प्रधानमन्त्री ओलीले ‘कालो झण्डा देखाइरहेको छ, के हेरिरहनुभएको तपाईहरुले ? भन्दै सुरक्षाकर्मीलाई सचेत बनाएका थिए। उनले कसैबाट परिचालित भएर झण्डा देखाउँदैमा केही नहुने भन्दै धैर्य रहन उपस्थितलाई आग्रह गरे।
कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी थिए। नेपाली सेनाले नै सुरक्षा व्यवस्था गरेकै कार्यक्रममा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको हो । झण्डा देखाउने घिमिरे कुनै दलसँग आवद्ध भएको भने खुलेको छैन । उनी बुटवलमै डेरी व्यवसाय चलाउने रहेको बताइएको छ । उनको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]