जनपत्रकार संगठन आक्रोशित , जनपक्षीय आवाज दबाउन खोजियो

२०७६ बैशाख ९ गते, सोमबार

काठमाडौं, ९ वैशाख । जनपत्रकार संगठन,नेपालले आफ्ना काठमाण्डौं संयोजक जितेन्द्र महर्जनलाई फेरी गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ । नेपाल भाषाको पत्रिका ‘न्हूगु ज्वजलपा वाःपौं’का प्रधानसम्पादक समेत रहेका महर्जनको लागि जनपत्रकार संगठनको आग्रहमा नेपाल पत्रकार महासंघले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो । तर, अदालतको आदेशको अवहेलना गर्दै प्रहरीले संयोजक महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै फक्राउ गरेको जनपत्रकार संगठनले जनाएको छ ।
सर्वोच्च अदालतले निर्दोष ठरह गर्दै आदेशको रिहा गरेपनि प्रहरीले पुनःपक्राउ गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको जनपत्रकार संगठनको निष्कर्ष छ । अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय विचार र आस्थाकै कारण सरकारले जनपत्रकार संगठनका सदस्यहरुमाथी धरपकड बढाएको भन्दै यसलाई सरकारको निरङकुश शैली भएको टिप्पणी गरिएको हो ।
पत्रकार महर्जनको मुद्धा र गिरफ्तारी प्रेस स्वतन्त्रताका लागि ठाडो हस्तक्षेपमात्र नभई सिंगो पत्रकारिता जगतमाथी बन्देज लगाउन सक्ने खतरापूर्ण संकेत हो । विज्ञप्तिमा भनिएकोछ,‘जनपत्रकार संगठनका सदस्यहरुमाथी गरेको धरपकडको घटनाक्रमले नेपालमा लोकतन्त्र स्थापनार्थ नेपाली मिडियाले खेलेको भूमिकालाई वेवास्था मात्रै गरिएको छैन जनपत्रकारिताको आवाजलाई दबाउने प्रयास समेत गरिएको छ ।
यसअघि जनपत्रकार संगठन कालिकोटका अध्यक्ष कर्ण विश्वकर्मा,बझाङका पत्रकार गणेश विक लगाएत पत्रकारलाई गिरफ्तारी पछि महासंघ लगाएत संगठनको दबाबमा छाडिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]