नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार

२०७६ बैशाख १३ गते, शुक्रबार

काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा सेती ब्युरो सचिव डबल शाहलाई धनगढी उप–महानगरपालिका एलेनचोकबाट गिरफ्तार भएका छन ।
यसैगरी कैलालीको टिकापुर नगरपालिकाबाट नगर इन्चार्ज धर्ति र सेक्रेटरी पूर्ण खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले आफ्ना नेता तथा कार्यकर्तालाई विनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् र तुरुन्त रिहाइको मागसमेत गरेका छन् । रिहाइ नगरे सरकार विरुद्ध कडा भन्दा कडा संघर्षमा उत्रने मल्लले चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]