१७ गतेको विरोध भब्य रुपमा समपन्न गर्ने निर्णय

काठमाडौं, १४ वैशाख । राष्ट्रिय विद्यार्थी संघको केन्द्रिय कार्यालयमा आज बसेको ११ विद्यार्थी संगठनको बैठकले यहि बैशाख १७ गते आयोजना गर्न लागिएको बिरोध सभालाई भब्य रुपमा समपन्न गर्ने निर्णय गरेको छ । संगठनको बैठकपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख १७ गते विरोध -यालिसहित प्रदर्शनमा उत्रने घोषणा गरेका छन् । विज्ञप्तिमा अखिल (क्रान्तिकारी)का अध्यक्षहरु चिरञ्जिबी ढकाल, आलोका रायमाझी तथा हरिकृष्ण गजुरेल, अनेरास्ववियु (पाँचौ)का अध्यक्ष घनस्याम मिश्र, नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, समाजवादी फोरम नेपालका अध्यक्ष विवेक राई, अखिल नेपाल विद्यार्थी युनियन प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निष्पक्ष र ने.आ.ज.वि. महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायतका बिद्यार्थी संगठनका नेताहरुले हस्ताक्षर गरेका छन ।