इञ्चार्ज ज्वाला रिहा भए लगत्तै पुनः पक्राउ

२०७६ बैशाख १६ गते, सोमबार

काठमाडौं, १६ बैशाख । जिल्ला अदालत मकवानपुरवाट रिहा भएका नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका इञ्चार्ज बीरबहादुर घलान ‘ज्वाला’लाई प्रहरीले रिहा गरेलगतै पुनः पक्राउ गरेको छ । उनलाई रिहा भएलगत्तै प्रहरीले जिल्ला अदालत मकवानपुरको गेटबाटै पुनः पक्राउ गरेको हो । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । तर, ज्वालाले सो समय धरौटी र जरिवाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले आज रिहा गरिएको भएपनि पुनः अर्को मुद्धा भएकालेपक्राउ गरिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]