रोल्पाको तिला बजार नजिकै शक्तिशाली बम विस्फोट !

काठमाडौं, १७ बैशाख । रोल्पाको तिला बजार नजिकै शक्तिशाली बम विस्फोट भएको छ । ५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल ,५ नं प्रदेश कै आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर के सी (सोनाम) रोल्पामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सकेर आज सदरमुकाम लिवाङबाट मादिचौर,दारबोत भएर तिला बजार आउदै गर्दा तिला बजार नजिकै शक्तिशाली बम विस्फोट भएको हो । सरकारद्वारा ने क पा माथि लगाइएको प्रतिबन्धकाविरुद्ध सरकारका प्रतिनिधिलाई प्रतिबन्द लगाउने नीति अनुरुप स्थानीय जनताले सो विस्फोट गराएको बताइएको छ ।