ने.क.पा.का नेताद्वारा धराैटी बुझाउन अस्वीकार, पाँचै जना कारागार चलान

२०७६ बैशाख १८ गते, बुधबार

काठमाडौं, १७ बैशाख । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’सहित पाँच जना कारागार चलान भएका छन् ।जिल्ला अदातल सुनसरीमा मंगलवार भएको थुनछेकको बहसपछि न्यायाधीश ध्रुबकुमार सुवेदीको एकल ईजलासले पुस्करसहित कोशी व्युरो सदस्य माधव गौतम ‘आकाश’, मोरङ ईन्चार्ज कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र जिल्ला सदस्य रमेश खड्कालाई धरौटिमा रिहा गर्ने आदेश दिएको थियो । भने सुनसरीको पानमाराबाट फागुन १५ गते पक्राउ परेका पाँचथरका देबकुमार साँवा लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको थियो ।साेमवार र मंगलवार दुई दिन भएको बहसपछि चारै जनालाई जनहि ५० हजार धरौटिमा रिहा गर्ने अदालतले आदेश दिएको थियो । तर अदालतको आदेशमा रिहा भएलगत्तै पुन प्रहरीले गिरफ्तार गर्ने तयारी गरेपछि उनीहरु धरौटि नबुझाई लिम्बुसँगै कारागार गएका हुन् ।पाँचैजनालाई बुधवार नै सुनसरीको झुम्का स्थित कारागार चलान गरिएको छ ।ओखलढुंगा घर भएका पार्टीका ब्युरो संयोजक श्रेष्ठ र सदस्य काभ्रे घर भएका माधब गौतम गत चैत १० गते मोरङको कानेपोखरीबाट पक्राउ परेका थिए भने चैत १२ गते इटहरीबाट सुनसरीका खड्का पक्राउ परेका थिए ।चैत १३ गते सुन्दरहरैचाबाट पार्टीका मोरङ इञ्चार्ज भोजपुर घर भएका प्रज्वल श्रेष्ठ गिरफ्तार परेका थिए । उनी जनयुद्वकालदेखि नै सन्चार क्षेत्रमा काम गर्दै आएका थिए । उनले तत्कालिन माओवादीले सन्चालन गरेकाे रेडियाे जनगणतन्त्र हुँदै रेडियाे नेपाल र रेडियाे मिर्मिरेमा समेत काम गरिसकेका उनी नेपाल पत्रकार महासंघ ललितपुरका सदस्य तथा केन्द्रिय पार्षद पनि हुन् ।अदालतको आदेशमा रिहा भएका चारै जना नेतालाई अदालत परिसरबाटै पुन गिरफ्तार गर्ने प्रहरीको तयारी देखेपछि उनीहरु धरौटी जम्मा नगर्ने भन्दै कारागार गएका हुन् । पछिल्लो समय नेकपाका कार्यकर्तालाई अदालतबाट छुटेलगत्तै पक्राउ गर्ने क्रम बढेका छ । धरौटीमा छोड्न आदेश गरिएकाहरु पनि अदालत परिसरमा पुनः पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि आफुहरु कारागार नै जाने बताएका थिए ।बुधवार अदालत परिसरमा उपस्थित गराईएका पाँचै जना नेता कार्यकर्तालाई बहसका क्रममा ईजलासमा राखिनुबाहेकको पुरै समय अदालतभित्रै प्रहरी भ्यानमा हत्कडि लगाएर नै राखिएको थियो । उनीहरुका परिवारले पाँचै जनालाई अदालत परिसरमा प्रहरी भ्यानभित्रै राखिएको र भेट्न जाँदा तिमि पार्टीको के हौ ? भन्दै प्रश्न गर्ने र भेट्न मिल्दैन भनेर हप्काउदै मानसिक यातना दिएको दुखेसो पोखेका छन् ।पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो । पक्राउ परेका लिम्बूसँग फोन सम्पर्क गरेको आधारमा अन्य चार जनालाई पनि सोही मुद्दा चलाइएको थियो ।बन्दीकाे पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता राम घिमिरे, अधिवक्ताहरु भरत बहादुर थापा, केदार अधिकारी, आश्मिनी भट्टराई, निराजन ओझा र प्रेम पोख्रेलले बहस गरेका थिए ।धरौटी नबुझाएर कारागार चलना भएका पुस्कर, प्रज्वल, माधव र रमेशले अदालतको आदेशमा रिहा भएपनि धरौटी बुझाएलगत्तै पक्राउ गर्ने तयारी गरिएकाले आफुहरुले धरौटी नबुझाएको बताए । क्रान्तिकारी कम्युनिस्टका लागि सामान्य जेल पनि छुट्टै मोर्चा भएकाले बन्द पर्खालभित्र बाटै एकिकृत जनक्रान्तिका लागि संघर्ष जारी राख्ने प्रतिकृया दिए ।

प्रतिक्रियाहरु

[anycomment]