ने.क.पा. गोर्खाका इन्चार्ज र सेक्रेटरी गिरफ्तार

२०७६ बैशाख २३ गते, सोमबार

काठमाडौं, २३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका गोर्खाका इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्ट गिरफ्तार भएका छन । पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट आइतबार साँझ ६ बजे इन्चार्ज कुमाल र सेक्रेटरी भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिएका छन् । प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको एसपी रावलले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]