संघ संस्था र ब्यबसाय जनपरिषदमा दर्ता गर्न ७ दिने अल्टिमेटम

२०७६ बैशाख २४ गते, मंगलवार

काठमाडौं , २४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा कार्यरत विभिन्न संघ संस्था र ब्यबसायीहरुलाई जनपरिषदको कार्यलयमा दर्ता गर्न आव्हान गरेको छ । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा उदयपुरको जनपरिषद नेपालले आबस्यक कागजात सहित ७ दिन भित्र उदयपुर जनपरिषदको कार्यलयमा उपस्थित हुन भनेको हो । जिल्लामा कार्यरत सम्पूर्ण एन्जियो /आईएनजियोहरु, जिल्लामा संचालित सम्पूर्ण निजिबिद्यालयहरु, जिल्लामा रहेका र हाल काम गरिरहेका निर्माण ब्यबसायी र सप्लायर्स, यातायात ब्यबसायिहरु, जडिबुटी/धन जन्यपदार्थ सम्बन्धि ब्यबसायिहरु, निजि अस्पताहरुलाइ आफ्नो जनपरिषद नेपालमा दर्ता अनुरोध समेत गरेको छ । परिषदको तर्फबाट प्रमुख मौसमले एक बिज्ञप्ति जारीगर्दै तोकिएको समय भित्र दर्ता गर्न नआउने संघ/संस्था र ब्यबसायिहरुको सम्पूर्ण कामकारबाही रोक्का गर्ने चेतावनी समेत दिएको छ । जनपरिषद नेपाल नेकपा निकट जनसरकार हो ।

प्रतिक्रियाहरु

[anycomment]