ने.क.पा.माथिको प्रतिबन्ध खारेजीको माग गर्दै विरोधसभा

२०७६ बैशाख २७ गते, शुक्रबार

काठमाडौं, २७ बैशाख । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि हठात रुपमा लगाइएको प्रतिबन्ध लगाएको भन्दै तुरुन्त खारेजीको माग गर्दै आज पाँच राजनीति दलले संयुक्त रुपमा विरोध र्यालीसहित विरोधसभा आयोजना गर्दैछन् ।
सरकारको निर्णयले राजनीतिक स्वतन्त्र र नागरिक अधिकारको संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रतिबन्ध खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.), किरण नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी), गोपाल किराँती नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र), ऋषि कट्टेल नेतृत्वको नेकपा र गौरव नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमाे)ले आज दिउँसाे १ बजे राजधानीको शान्तिबाटिका बृहत विरोधसभा गर्दैछन् ।

प्रतिक्रियाहरु

[anycomment]