ने.क.पा.माथिको प्रतिबन्ध खारेज गर्न माग

२०७६ बैशाख २८ गते, शनिबार

काठमाडौं, २७ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)माथि सरकारले लगाएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सरकारकोे विरोधमा उत्रिएका पाँच पार्टीले काठमाडौंको शान्तिबाटिकामा विरोधसभा गरेका छन । सो विरोधसभा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको फासीवादी कदमकै कारण देशमा लडाईँ हुने बताएका छन् । विरोधसभालाई सम्बोधन गर्दै नेता गजुरेलले जनयुद्धलाई धोका दिएर अहिले संसदीय व्यवस्थाका ठेकेदार भएर बसेका प्रचण्ड र बादलहरुको भ्रष्ट बुद्धिले मुलुकमा फेरि भीषण लडाई हुने चेतावनी दिए । सभाका वक्ताहरुले प्रतिबन्ध हटाउन सरकारसँग माग गरे ।
सभामा ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपाा (क्रान्तिकारी माओवादी), गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले उक्त विरोधसभाको आयोजना गरेका थिए । साथै कालापानीलगायत सीमा भारतले मिचेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् । एनसेल, सुन, वाइडबडी, निर्मला पन्त हत्याकाण्डका दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरे ।

प्रतिक्रियाहरु

[anycomment]