नेता जीवन्त पुनः अदलत परिसरबाटै गिरफ्तार

२०७६ बैशाख ३१ गते, मंगलवार

काठमाडौं, ३० बैशाख । सरकारले प्रतिबन्ध घोषणा गरेपछिको निर्णयको पहिलो निशानामा ने.क.पा.का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहन कार्की ‘जिवन्त’ लाई प्रहरीले सोमवार पुनः गिरफ्तार गरेको छ । काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिलगत्तै जीवन्तलाई प्रहरीले पुनः अदलत परिसरबाटै गिरफ्तार गरेको हो ।
राजद्रोहको मुद्धामा दुई महिनादेखि हिरासतमा रहेका नेता कार्कीलाई प्रहरीले सुनसरी लैजाने तयारी गरेको पारिवार स्रोतले जनाएको छ । चैत १ गते ललितपुरको च्यासलस्थित कोठाबाटै गिरफ्तार परेका उनलाई संखुवासभा हुँदै पुन काठमाडौं ल्याईएको थियो ।
काठमाडौंबाट पुनः पक्राउ गरी उनलाई सर्वोच्च अदालतमा भोलि (३१ गते) हुने बन्दी प्रत्क्षीकरणको बहस पहिलेनै कार्कीलाई अर्को मुद्धामा धरान लैजान लागेको खुलेको हो । सर्वोच्चलाई छल्न प्रहरीले रातारात सुनसरी लैजाने तयारी गरेको स्रोत बताउछ ।
यसअघि चैत्र २४ गते सर्वोच्च अदालतले राजद्रोहको मुद्धा खारेज गरेको थियो । त्यस लगत्तै संखुवासभामा हातहतियार, खरखजाना तथा बमविष्फोट, आगजनी र संगठित अपराधको मुद्धामा अदालतले बैसाख १७ गते साधारण तारिखमा छाडेपछि पुनः कमलपोखरी प्रहरीले पक्राउ गरेको थियो ।
जीवन्तलाई सुनसरीको धरानस्थित पानमाराबाट गत फागुन १५ गते गिरफ्तार नेकपा धनकुटा मोरङ संयुक्त जिल्ला ईन्चार्ज देव कुमार साँवा लिम्बु (संगित)लाई लगाईएको राज्य विरुद्धको कसुर, हातहतियार तथा खरखजना र संगठित अपराध मुद्धामा नै जोडेर पक्राउ गरिएको स्रोत बताउछ । संगितपछि बिभिन्न मितिमा गिरफ्तार पार्टीका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’, कोशी व्युरो सदस्य माधव गौतम ‘आकाश’, र मोरङ ईन्चार्ज कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र जिल्ला सदस्य रमेश खड्कालाई पनि सोहि मुद्धा चलाईएको थियो । तर संगितलाई वैशाख १८ गते सुनसरी जिल्ला अदालतले थुनछेकको बहसपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो भने अन्य चार जनालाई धरौटिमा रिहा गर्न आदेश दिएको थियो । अन्य चार जनाले पनि धरौटि बुझाउन अस्वीकार गरेपछि कारागार चलान भएका छन् ।
नेता जीवन्त यसअघि गत साउन १० गते थानकोट नागढुंगाबाट अर्का पोलिटब्यूरो सदस्य कृष्ण धमला ‘गम्भीर’सहित यात्रुवाहक माइक्रोबसबाट गिरफ्तार परी काठमाडौं, काभ्रे, नुवाकोट, संखुवासभा, दाङलगायत जिल्ला कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आगजनी, संगठित अपराध मुद्दामा घुमाई पछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । संगठित अपराधको अभियोगमा जोकसैलाई अनुसन्धानका लागि भन्दै ६० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ ।
यसैबीच, ७२ दिनदेखि प्रहरी हिरासतमा रहेका अखिल नेपाल क्रन्तिकारी किसान महासंघका अध्यक्ष राजु कार्की र ४५ दिनदेखि हिरासतमा रहेका अर्का नेता पुर्ण विकलाई अदालतले धरौटीमा छोड्न फैसला गरेपनि पुनः गिरफ्तार हुने भएपछि उनिहरुले धरौटी नतिरी जेलमै बस्ने निर्णय गरेका छन् ।
अदालतले कार्कीलाई २० हजार र विकलाई दश हजार धरौटीमा छड्न आदेश दिएको थियो । उनिहरुलाई भद्रबन्दी गृह सुन्धारामा राखिएको छ । कार्की तथा विकलाई पनि राजद्रोह, हातहतियार तथा खरखजाना मुद्धामा प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]