ने.क.पा. का केन्द्रीय सदस्य खड्का रिहा भएलगत्तै पुनः गिरफ्तार

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ लाई रिहा भएलगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका खड्कालाई प्रहरीले पुन गिरफ्तार गरेको हो ।यसअघि वैशाख ७ गते दाङको तुल्सिपुरबाट गिरफ्तार खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षी करणको रिट निवेदनमाथि मंगलवार भएको बहसपछि उनलाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।
ईजलास नम्बर ६ मा न्यायधिसद्धय तेजबहादुर के.सी. र कुमार रेग्मीको संयुक्त ईजलासले खड्कालाई रिहा गर्न आदेश दिएको थियो । लगत्तै जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका उनलाई त्यहाबाट अदालतको आदेशमा रिहा गरेलगत्तै पुन प्रहरीले पक्राउ गरेको हो । नेता खड्कालाई सुनसरी लैजाने तयारी भएको बुझिएको छ ।
सर्वोच्च अदालतमा आज भएके बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।
यसअघि अर्का नेकपाका पीवीएम मोहन कार्की जीवन्तलाई पनि काठमाडौं जिल्ला अदालतले रिहा गरेलगत्तै गिरफ्तार गरी सुनसरी नै लगिएको छ । उनलाई तीन दिनभित्र उपस्थित गराउन सोमवार सर्वोच्चले आदेश दिएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई अाज प्रहरीले विनाकारण सुर्खेतबाट गिरफ्तार गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजेतिर स्थानीयहरुकाे घरमा बसिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई गिरफ्तार गरिएको बताइएको छ । उनिहरु दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेतमा राखिएको बुझिएको छ ।
जाजरकोटका नेता तथा भेरी ब्युरो इन्चार्ज हरिचन्द्र जैसि अनकुललाई कुशे गाउपालिका वडा नम्बर २ टालेगाँउ घरबाटै अपहरण शैलिमा गिरफ्तार गरेको जाजरकोट पार्टी स्रोतले बताएकाे छ ।