जेठ १० गते झापा बन्द

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा जाने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध ने.क.पा. झापाले जिल्ला बन्दको घोषणा गरेको हो ।
सरकारले ने.क.पा. माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । ने.क.पा. झापाका सेक्रेटरी सुमनसिंहले बिबज्ञप्ति जारी गरी पार्टीको केन्द्रय निर्ण अनुसार नै झापा बन्दको आह्वान गरिएकाले सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, ‘केपी–वादल सरकारको जनदमन, जनहत्या र हाम्रो पार्टीमाथिको प्रतिबन्धको बिरोध स्वरुप एक दिन झापा जिल्लाका सबै उद्यायग,कलकारखाना, शिक्षण संस्था, बिभिन्न कार्यलय र संस्थानहरु बन्द गरिदिन र ओली सहभागी कार्यक्रम बहिस्कार गरि सामाजीक फासिवादी सरकारलाई प्रतिबन्ध लगाउन अपिल गर्दछौ।’
ने.क.पा. माथि गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका महासचिव विप्लवले पनि प्रधानमन्त्री ओली जाने सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने घोषणासहित कार्यकर्तालाई निर्देशन दिएका थिए ।
साथै झापा सेक्रेटरी सुमनले भोजपुरका जिल्ला स्तरीय नेता तीर्थराज घिमिलेको प्रहरीले हत्या गरेको भन्दै भत्सना समेत गरेका छन् ।यसको हिसावकिताव इतिहासले गर्ने समेत बिज्ञप्तिमा जनाएका छन् ।