बिद्यार्थीको कार्यक्रममा प्रहरी हस्तक्षेप, दुई जना गिरफ्तार

काठमाडौं, १० जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) र गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी) द्वारा काठमाडौंको शान्तिवाटिकामा आयोजित बिरोध कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले दुई जना सहभागी बिद्यार्थीलाई गिरफ्तार गरेको छ ।
एनसेलले कर नतिरेको र वालुवाटारको जग्गा अतिक्रमणको बिरोधमा तीन वटा बिद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध कार्यक्रम आयोजना गरेका थिए । सोहि कार्यक्रममा सहभागी रमेश सुनार र तारा सन्ज्याललाई गिरफ्तार गरेको जनाईएको छ ।