गिरफ्तार बिद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग

२०७६ जेष्ठ ११ गते, शनिबार

काठमाडौं, ११ जेठ । अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जिबी ढकालले एनसेलले कर नतिरेको र वालुवाटारको जग्गा अतिक्रमणको बिरोधमा तीन वटा बिद्यार्थी संगठनले संयुक्त रुपमा गरेको बिरोध कार्यक्रममा सहभागी रमेश सुनार, तारा सन्ज्याल, बिरेन्द्र लुहार र बुद्धहाङ्ग राईलाई गिरफ्तार गरेकोमा घोर भर्त्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) र गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी) द्वारा काठमाडौंको शान्तिवाटिकामा शुक्रबार आयोजित बिरोध कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले ति बिद्यार्थी नेताहरुलाई गिरफ्तार गरेको थियो ।
यस बिषयमा अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जिबी ढकालले जारी गरेको प्रेस विज्ञाप्ति :

प्रतिक्रियाहरु

[anycomment]