आज नेपाल बन्द, ठाउँठाउँमा विस्फोट र आगजनी, सडकहरु सुनसान

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । भोजपुरमा पार्टीको युवा संगठनका नेता तिर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको बिरोधमा ने.क.पा.ले नेपाल बन्दको आह्वान गरेको हो ।
सरकारले फागुन २८ गते पार्टीमाथि प्रतिबन्ध लगाएसँगै पार्टीका नेता–कार्यकर्ताहरुमाथि धरपकड तथा गिरफ्तारी बढाएपछि यसको बिरोध गर्दै आएको ने.क.पा. एक जना कार्यकर्ताको नियन्त्रणमा लिएर प्रहरीले निर्मम हत्या गरेपछि थप आक्रोशित बनेको छ । पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गर्नुभएको थियो । बन्दका कारण देशभरको विहानैबाट जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी सधान मध्यरातिबाट चलेका छैनन् । राजमार्ग तथा सडकहरु सुनसान छन् । बन्दको दिन आज उपत्यकामा छिटफुट रुपमा मोटरसाईकल र नीजी सवारी साधन चलेपनि सार्वजनीक यातायातका साधन ठप्प छ । एम्बुलेन्स तथा अस्पतालका सवारी साधान, पेट्रोलियम पदार्थ, दूधका गाडीहरु सन्चालनमा आएका छन् ।
स्याङ्जामा एका विहानै संकास्पद बस्तु फेला परेको छ। सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्ने तयारी गरेको जानकारी छ ।
यस्तै अर्घाखाँचीको सन्धिखर्क्स्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको र बाँगी खोलाको पुलनिर पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।
उता, रुपन्देहीको धकधैइ, सैनामैना र लुम्बिनी क्षेत्रमा एकाबिहानै ठूलो आवाजमा बम विस्फोट भएको प्रहरी स्रोतले बताएको छ । तेस्तै कपिलवस्तुको चन्द्रौटा र जितपुरमा शंकास्पद बस्तु फेला परेको छ, घटनास्थलमा यतिबेला सेना र प्रहरीहरु उपस्थित छन भने डिस्पोजल टोलि समेत पुगिसकेको छ ।
त्यस्तै आज बिहान साढे २ बजेको समयमा मध्यबिन्दु नगरपालीका ११ अरुणखोलामा पेट्रोल बम प्रहार भएको छ । पश्चिम बाट पूर्ब आउदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । यसअघि नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताहरुले देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बोलेका थिए ।
यसैबीच ने.क.पा.ले बन्दको अवज्ञा गरे जनकार्वाहि गर्ने चेतावनी दिएको छ । ने.क.पा.को उपत्यका विशेष ब्यूरोले बन्दमा सहयोग गर्न अपील जारी गर्दै बन्दको अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो। बन्दको पूर्वसन्ध्याबाट नै बिभिन्न व्युरो तथा जिल्लाहरुले बन्दमा सहयोग गर्न आग्रह गर्दै अवज्ञा गरे जनकार्वाहिको चेतावनी सहितको अपिल पर्चा निकालेका थिए ।