आज नेपाल बन्द , जनजीवन अस्तव्यस्त

काठमाडौं, १३ जेठ । सरकारले गत फागुन २८ गते पार्टीमाथि प्रतिबन्ध लगाएसँगै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुमाथि धरपकड तथा गिरफ्तारी बढाएपछि यसको बिरोध गर्दै आएको छ । यसै क्रममा भोजपुरमा उक्त पार्टीको युवा संगठनका नेता तिर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको बिरोधमा आज ने.क.पा.ले नेपाल बन्दको आह्वान गरेको छ । नेपाल बन्दका कारण देशभरको जनजीवन अस्तव्यस्त त बनेको छ ।
काठमाडौंवाट बाहिरिने गाडी नगन्य संख्यामा मात्रै चलेका छन् , शैक्षिकसंस्था बन्द भएका छन् । राजधानीका चोकचोकमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ । बिहानैदेखि देशैका विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भै रहेका छन । आज बिहानै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।
यसैबीच , बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा आइतबार बिहान रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजी गरेको छ । एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल-भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो । यता ,अर्घाखाँचीकाे सन्धीखर्कस्थि आवासीय माविमा शंकास्पद वस्तु फेला परेकाे छ । बाग्लुङकाे बाग्लुङ नगरपालिका २ कुडुलेचाेक नजिकै शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ ।
उता, बन्दकर्ताद्वारा हेटाैंडाकाे चाैकीटाेलमा ७ ख ९४९३ नम्बरकाे मिनी ट्रकमा आगजानी गरेकाे छ । त्यस्तै हेटौँडाकै बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको छ ।
यसैगरी, पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु फेला परेकाे बताइएको छ ।
यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् भने मोरङको सुन्दरहरैंचा ७ ठडिया चोकमा पनि प्रेसर कुकर बम फेला परेकाे थियाे । कुकरमा रातो कपडाले वेरिएको राखिएको अबस्थामामा फेला परेकाे हाे । उक्त प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । त्यस्तै मोरङकै बुढिगंगामा पनि शंकास्पद वस्तु भेटिएको छ । बुढिगंगा गाउँपालिका–१ आरती स्ट्रिप्स छेउमा रहेको उक्त बम जस्तो देखिने शकास्पद वस्तु फेला परेको छ । निस्क्रिय बनाउन सेनाको बम डिस्पोजल टोली टोली जाँदैछ ।
यता, मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपाको क्रममा सोमबार बिहानै गाडी जलाइएको छ। बिहान ४ बजेको समयमा गाडी जलाइएको हो। बन्दका दिन बिहानै थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको छ भने रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । उक्त बस्तु बम भएको आशंका गरिएको छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ। यता , महोत्तरीको बर्दिबास नगरपालिकाको मूल गेटमा शंकास्पद वस्तु फेला परेको छ । कागजको कार्टुन भित्र प्रेसर कुकर र तारहरू भेटिएकाले त्यो बम भएको हुन सक्ने अनुमान गरिएको छ । सो शंकास्पद वस्तु बम भएको हुन सक्ने भएकाले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।
यसैगरी , धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । उक्त विस्फोटक पदार्थलाई नेपाली सेनाको निस्क्रिय पारेको छ भने कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला खरब प्राप्त भएकाे छ ।
हिजो बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । सुकेधारा, घट्टेकुलोमा गरी चार जनाको मृत्यु भएको हाे । चन्द्रागिरीस्थित थानकाेटमा समेत विस्फाेट हुँदा ८ जना घाइते भएका छन् ।आइतबार ललितपुरकाे लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएका थिए । नेपाली सेनाकाे टाेलीले ती स्थानमा राखिएका बम तथा शंकास्पद वस्तु डिस्पाेज गरेकाे थियाे ।