सहिद दिपेन्द्रको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदै

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वलशाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूको बलिदान खेर जान नदिने उद्घोष गरेको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै उक्त उद्घोष गरेका हुन् । यसैबीच, काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा परी सहिद भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता दिपेन विक ‘दिपेन्द्र’को मंगलवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैछ । दिपेन्द्रको सोमवार सुकेधाराको ढलाने पुल छेउमा बम विस्फोट हुँदा मृत्यु भएको थियो । पोष्टमार्टमका लागि उनको शव प्रहरीले टिचिङ अस्पतालमा राखिएको थियो । अस्पतालबाट सिधै पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गर्ने पारिवारीक श्रोतले जनाएको छ । दिपेन विक कालिकोट जिल्लाको मुम्रा निवासि हुन् ।
यस्तै सोहि विस्फोटमा सहिद भएका बाग्लुङ घर भएका वर्ष ४० का निरन्तर मल्ल र दाङको बबही गाँउपालिकाका वर्ष ३२ का गोकुल रानामगर ‘महान’को शव भने गृहजिल्ला लैजाने तयारी भएको बुझिएको छ ।
तीनै जनाको शव टिचिङ हस्पिटलमा राखिएको र परिवारले बुझेलगत्तै आजै निरन्तर र महानको शव गृहजिल्ला लैजाने बताईएको छ । अहिले अस्पतालमा आफन्त तथा शुभचिन्तकको भिडभाड रहेको छ । अनामनगरको घट्टेकुलोमा भएको बिस्फोटमा सहिद भएका बझाङ घर भई कलंकी बस्ने वर्ष २६ का प्रज्वल शाहीको भने सोमवार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]