सहिद दिपेन्द्रको अन्त्येष्टी, महानको गृह जिल्ला लगियो, निरन्तरको शव अस्पतालमै

२०७६ जेष्ठ १५ गते, बुधबार

काठमाडौं, १५ जेठ । काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा परी सहिद भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता दिपेन्द्र विकको मंगलवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको सोमवार सुकेधाराको ढलाने पुल छेउमा बम विस्फोट हुँदा मृत्यु भएको थियो । टिचिङ अस्पतालमा पोस्टमार्टमपछि प्रहरीले दिपेन्द्रको शव उनका कान्छा बुबाको जिम्म लगाएको थियो ।
अस्पतालबाट सिधै पशुपति आर्यघाट लगेर मंगलवार साझ अन्तिम संस्कार गरिएको पारिवारीक श्रोतले जनाएको छ । दिपेन विक कालिकोट जिल्लाको मुम्रा निवासि हुन् ।
यस्तै सोहि विस्फोटमा सहिद भएका दाङको बबही गाँउपालिकाका वर्ष ३२ का गोकुल रानामगर ‘महान’को शव भने गृहजिल्ला लगिएको छ । भने अर्का सहित बाग्लुङ घर भएका कृष्ण भण्डारी ‘निरन्तर’को शव भने टिचिङ हस्पिटलमा नै रहेको छ । भण्डारीका आफन्त आईनपुगेकाले शव जिम्मा लगाउन नसकिएको अस्पतालले जनाएको छ ।
अनामनगरको घट्टेकुलोमा भएको बिस्फोटमा सहिद भएका बझाङ घर भई कलंकी बस्ने वर्ष २६ का प्रज्वल शाहीको भने सोमवार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो ।
यसअघि नेपाल कम्युनिस्ट पार्टीले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वलशाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूको बलिदान खेर जान नदिने उद्घोष गरेको थियो । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै उक्त उद्घोष गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]