नेकपाका नेताद्वारा धरौटी राख्न इन्कार

२०७६ जेष्ठ १८ गते, शनिबार

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका स्यांग्जा जिल्ला सेक्रेटरी गोकुल पराजुलीलगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि कारागार चलान भएका छन् l
जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेत्री मिसिरा नेपाली रहेका छन् l
उनीहरुलाई जिल्ला अदालत स्याङ्गजाले राजद्रोहको मुद्दामा एकलाख २० हजार र विस्फोटक मुद्दामा एक लाख रुपियाँ गरी प्रति व्यक्ति चार लाख २० हजार रुपियाँ धरौटी माग गरेको थियो l

प्रतिक्रियाहरु

[anycomment]