विप्लवले गलहत्याएपछि केपी–प्रचण्डको शरणमा

२०७६ जेष्ठ १९ गते, आईतवार

काठमाडौं, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको भन्दै कारवाही गरेका पोलिटब्यूरो सदस्य पदमबहादुर राई ‘विकास’ सत्तारुढ नेकपामा छिर्ने भएका छन् । सरकारले बाँडेको विभूषण लिएर उनले औपचारिक रुपमा छिर्ने लाइन तय गरेका थिए । राईलाई पार्टीले पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको पाइएको जनाउँदै महिना दिनअघि बसेको स्थायी समितिको बैठकले निलम्बन कारवाही गरेको थियो ।
स्रोतका अनुसार राईलाई निलम्बन कारवाही गरिएको ने.क.पा.ले पार्टीको सबै तहमा परिपत्र समेत गरिसकेको थियो । तर सच्चिने मौका अवधिमा राखिने भन्दै कारवाहीको निर्णय सार्वजनिक नगरिएको स्रोतको बतायो । राईले पार्टीको नीतिविपरीत अनधिकृत पात्र र क्रान्तिविरोधी पक्षसँग साँठगाँठ गरेको भन्दै निलम्बन गरिएको थियो ।
ने.क.पा.बाट कारवाही परी गहलत्याइएका नेता कार्यकर्ताहरु प्रचण्ड र केपीको टीका थापेर छिर्दै आएका छन् ।उनलाइ भाेली आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा ओली र प्रचण्डले पार्टी प्रवेश गराउने तयारी गरिएकाे बुझिएकाे छ । सरकारले हठात रुपमा ने.क.पा.माथि प्रतिबन्ध लगाउने निर्णय गरेदेखि नै राई पार्टीबाट टाढा र गुपचुप बस्दै आइएको स्रोतले जनायो ।

प्रतिक्रियाहरु

[anycomment]