नेकपाद्वारा देश र जनताकाविरूद् लागिरहेका शक्तिसँग बदला लिने उद्घोष

काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टीले एकिकृत जनक्रान्तिकाे प्रकृयामा देश र जनताका विरूद् लागिरहेका शक्तिसँग बदला लिने उद्घोष गरेको छ । सो पार्टीका महासचिव विप्लवले मंगलवार आह्वान गरेको नेपाल बन्द सफल भएकाे जनाउदै जारी गरेको विज्ञप्तिमार्फत सो उद्घोष गरेका हुन् । महासचिव विप्लवले नेपाल बन्द बन्द सफल बनाउन सहयाेग गर्ने देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी शक्ति, प्रगतिशील पक्ष, पार्टी पङ्क्ति र जनता सबैलाई धन्यवाद समेत दिएका छन् ।
बन्दका कारण देशका सानाठूला सहर ठप्प भएका थिए भने लामोे तथा छोटो दूरीका यातायात, उद्योग, कारखाना र शिक्षण संस्थाहरू पुर्णरुपमा बन्द भएका थिए ।