‘ने.क.पा.बिरुद्ध सुराकी गर्न पार्टीवाट निस्काशित झुण्डहरु सक्रिय ‘

२०७६ असार १४ गते, शनिबार

काठमाडौं, १४ असार । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी र नेताहरुबिरुद्ध सुराकी गर्न पार्टीवाट निस्काशित झुण्डहरु सक्रिय भएको बताएको छ । पार्टीका नेता र कार्यकर्ताहरु लगातार गिरफ्तारीमा पर्ने र मुठभेठको बहानामा मारिने क्रम बढन थालेपछि सो कुरा बताएको हो । स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टीले केहि महिना अगाडी पार्टीको नाममा गुटबन्दी गर्ने , आर्थिक चलखेल गर्ने र सुचना चुहाउने पत्रकार कमल बुढा लगायतको पार्टी सदस्यता खारेज गरेको थियो । हाल हिरासतमा रहेका तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका मध्य केन्द्रिय कमाण्डका इन्चार्ज शुदर्शनले पार्टी निर्णयबिरुद्ध अराजकता मच्याएको , सुचना चुहाएको , पार्टी नेतृत्वबिरुद्ध सामाजिक संजालहरुमा भ्रामक समाचार दिएको लगायतका आरोप लगाउदै कमल बुढालगायतलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेका थिए ।
निष्काशनमा परेका कमल बुढालगायतले पार्टी र क्रान्तिमा क्षति पुर्याउने देखेपछि नेपाल कम्युनिस्ट पार्टीले पत्रकार संगठनको नाम परिवर्तन गरि जनपत्रकार संगठन गठन गरेको स्मरण गर्दै सो पार्टीका एक नेताले ति कारबाहीमा परेका झुण्डहरुले पार्टी र क्रान्तिलाई सिध्याउन सुराकीको काम गरिरहेको ठोकुवा गरे । उनले भने – पार्टीवाट निष्कासन र पलायन भएका तिनै झुण्डहरु सुराकी बन्दै प्रहरी प्रशासन , बिभिन्न संचार माध्यम र पत्रकारलाई गुहार्दै पार्टी र क्रान्तिबिरुद्ध कम्मर कसेर लागेका छन । यसरी एउटा क्रान्तिकारी पार्टी र उसका नेतालाई सुनियोजित तवरवाट गिरफतार गराउने र उनीहरुको जीवनलाई संकटमा पार्ने कार्य कुनै हालतमा सैह्य नहुने उनको ठोकुवा छ ।

प्रतिक्रियाहरु

[anycomment]