नेकपा गुल्मीका जिल्ला सेक्रेटरी खड्का रिहा

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन । खड्का १ सय २२ दिनपछि आइतबार सर्वोच्चको आदेशमा रिहाई भएका हुन् । पार्टी कामको सिलसिलामा बाटोमा हिडिरहेका खड्कालाई सादा पोशाकमा आएका प्रहरीले रेसुङ्गा नगरपालिकाबाट गिरफ्तार गरिएको थियो । उनी १४ दिनको हिरासतपछि फागुन ७ गते रिहाई भई २०७५ फागुन १९ गते सदरमुकाम तम्घासबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै खड्कालाई पुनः गिरफ्तार गरेको थियो ।
गुल्मी जिल्ला सेक्रेटरी खिम खड्का सदरमुकामबाट अर्घाखाँची हुँदै काठमाडौं पुर्याएर सर्वोच्च अदालतको आदेशमा असार १५ गते भएका हुन् ।