जनवादी कलाकार माइला लामालाई विनाशर्त रिहा गर्न माग

काठमाडौं, ५ साउन । नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका सबभन्दा प्रभावशाली समकालीन हस्तीहरुमध्येका एक माइला लामालाई विनाशर्त रिहा गर्न माग गरिएको छ । अखिल नेपाल जनसाँस्कृतिक महासंघले लामाको विनाशर्त रिहाइको माग गरेको हो । जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका साँस्कृतिककर्मी लामाको रिहाईको माग गर्दै सो संगठनका केन्द्रीय महासचिव खेम थपलियाले जनयुद्धका घाइते, साँस्कृतिक योद्धाको गिरफ्तारीले सरकार फाँसिवादी बाटोतर्फ अघि बढिरहेको बताएका छन् । लामाको गिरफ्तारी पछि महासचिव थपलियाले एक विज्ञप्ति जारी गर्दै नेपालको जनवादी आन्दोलनमा महत्वपुर्ण योगदान पु¥याएका साँस्कृतिककर्मी माइला लामाको गिरफ्तारी विडम्वना भएको भन्दै इतिहासको धार उल्टो दिशामा दौडिरहेको उल्लेख गरेका छन् । महासचिव थपलीयाले बैचारीक आस्थाकै आधारमा बेथान मोर्चाका घाइते योद्धा एवं राष्ट्रिय स्तरका प्रतिष्ठित सर्जक माइला लामालाई अपमानपुर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपुर्ण भएको भन्दै विनाशर्त रिहा गर्न अपिल गरेका छन् । नेता लामालाई प्रहरीले आइतबार विहान भक्तपुरबाट पक्राउ गरेको थियाे ।