नेकपाद्वारा गिरफ्तार नेता-कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी

२०७६ श्रावण १० गते, शुक्रबार

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो सदस्य तथा उत्तरी मोरङ जिल्ला सेक्रेटरी दिपक राई ‘विकल्प’लाई प्रहरीले गिरफ्तार गरेको छ । सांगठनिक कामको क्रममा केराबारीस्थित स्थानीय जनताको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई बिहिवार विनाकारण गिरफ्तार गरेको भन्दै नेकपा मेची–कोशी व्युरोले तत्काल रिहा गर्न माग गरेको छ ।
व्युरो इन्चार्ज अनुले बिहीबार विज्ञप्ति जारी गरी राईलाई अपराधीक शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको भन्दै कडा शब्दमा निन्दा एवं भत्र्सना गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीमाथि हत्या दमनको श्रिंखला बनाएरै अघि बढेको जनबिरोधी सरकारले पार्टीका नेता कार्यकर्ताको हत्या गर्ने, हत्याको सड्यन्त्र गर्दै हिड्ने, झुठा मुद्दा लगाएर गैरकानुनी रुपमा बन्दी बनाउने, जनतामा आतंक सिर्जना गर्ने जस्ता निकृष्ट र तुच्छ हर्कत प्रदर्शन गरिरहेको छ । हामी यसको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै जनदमन विरुद्ध जनप्रतिरोध गर्ने चेतावनी दिन चाहान्छौं ।’
आफ्नो असफलतालाई ढाकछोप गर्न वार्ताको हल्ला फैलाए नेकपामाथि दमन बढाएको भन्दै इन्चार्ज अनुले पार्टीको संयमता, योजनाबद्ध पहल, निरन्तर जनताको बीचमा बसेर गरिएको जनताको नेतृत्व र लोकप्रियताको अगाडि सरकारको सड्यन्त्र फिक्का र कमजोर देखिएको कुरा पछिल्ला गिरफ्तारी र उसका व्यहारहरुले सावित गरिदिएको छ ।
विज्ञप्तिमा भनिएको छ, हामी गिरफ्तारी, हत्या र आतंकबाट थोरै पनि टसमस हुनेवाला छैनौं बरु अझ स्पातीलो भएर आन्दोलन अगाडि बढ्नेछ ।
साथै दिपक राई सहित गीरफ्तार सबै नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी दिदै इन्चार्ज अनुले रित्यसबाट उत्पन्न परिणामप्रति सरकार पक्ष नै जिम्मेवार बन्नु पर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]