जनपरिषदद्धारा रेखा कडायतको घर–जग्गा कब्जा

काठमाडौं, ११ साउन । थारुवान स्वायत्त प्रदेशले टिकापुर कैलालीका रेखा कडायतको घर–जग्गा नियन्त्रणमा समाचार छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले स्थानीय जनतालाई मिटर ब्याज ढुकुटीमा फसाएर करोड भन्दा बढि रकम लिएर फरार रहेका रेखा कडायतको सम्पूर्ण सम्पति कब्जा गरेको बताएको छ ।
थारुवान स्वायत्त प्रदेशका जनपरिषद प्रमुख विमर्शले विज्ञाप्ति जारी गर्दै रेखा कडायतलाई अवैधानिक वित्तीय कारोबार गरी स्थानीयलाई ठगेको भन्दै उजुरी परेकोले कारवाही गरेको जनाएका छन ।
स्थानीय गरिव जनतासित पैसा उठाएर फरार रहेकोले जनपरिषदले कारवाही गर्नु परेको पनि जनपरिषदद्धारा जारी विज्ञप्तिमा किटान गरिएको छ ।