जनपत्रकार सङ्गठनद्वारा थपलियालाई तत्काल रिहा गर्न माग

काठमाडौं, २७ साउन । जनपत्रकार सङ्गठनले पत्रकार तथा लेखक खेम थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ । सङ्गठनले
संविधानले दिएको मौलिक अधिकारसमेत कुण्ठित हुने गरी सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको ठोकुवा समेत गरेको छ । विचार र आस्थाकै आधारमा सरकारले पत्रकार र लेखकमाथि विभिन्न तरिकाले दुःख दिने गरेको भन्दै त्यसैको सिलसिलामा लेखक खेम थपलियालाई गिर-तार गरिएको सङ्गठनको ठोकुवा छ । उक्त सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र सचिव हिम बिष्टले विज्ञप्ति जारी गर्दै लेखक तथा संस्कृतिकर्मी थपलियालाई ससम्मान तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।