सम्पादक हमाललाई तत्काल रिहा गर्न माग

काठमाडौं, ६ भदौ । जनसंचार डटकमका सम्पादक ओम हमाल गिरफ्तार भएका छन् । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई कास्की प्रहरीले शिशुवाबाट शुक्रबार गिरफ्तार गरेको हो । उनको गिरफ्तारी पछि जनपत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले रिहाइको माग गरेका छन् । डुम्रेले भनेका छन् ‘गिरफ्तार पत्रकार हमलाको रिहाइको माग गर्दछौं ।’ जनपत्रकार संगठन नेपालले एक बिज्ञप्ति जारी गरि आफ्नो अफिसबाट घर फर्किने क्रममा प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिचार र आस्था राखेकै आधारमा पत्रकार तथा लेखकमाथि धरपकड बढाउने, अनाबस्यक दुख: दिने, मानसिक तनाब दिने जस्ता कार्य गम्भीर मानवअधिकार उलंघन तथा प्रेस अभिव्यक्ति स्वतन्त्रता बिरोधि हर्कत भएको भन्दै गिरफ्तार पत्रकार हमाललाई बिनासर्त रिहाईको माग गरेको छ।
उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक हुन् । उनले बेथितिका बिरुद्द निरन्तर कलम चलाउदै आएका थिए ।
यसैगरी , नेपाल पत्रकार महासंघले सम्पादक ओम हमाललाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रिय महासचिब रमेश बिष्टले एक विज्ञप्ति जारी गर्दै सम्पादक हमाललाई पक्राउ गरिएकाे घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षणभएको जनाउदै सो माग गरेका हुन् ।