‘मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा ‘

काठमाडौं, ६ भदौ । जनअधिकार अभियान नेपालले मोरङको विराटनगरमा अायोजित वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दै गईरहेको टिप्पणी गरेका छन् । पछिल्लाे राजनीतिक परिस्थिति र मानवअधिकारका विषयमा जनअधिकार अभियान नेपालले अायोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेईरालाले सरकारले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन् । कम्युनिस्ट सरकारका नाममा कम्युनिस्टलाई दबाउने र अन्य लोकतान्त्रिक शक्तिहरुलाई समेत विभिन्न विधेयक र एेन कानुन बनाएर लोकतन्त्रलाई धरापमा पार्न खोजेको बताए,नेता कोईरालाले मिडिया काउन्सिल विधेयक,अाम सञ्चार समन्धिको विधेयक,राष्ट्रिय सुरक्षा र मानवअधिकारको विधेयक पारित गरिए लोकतान्त्रिक नेपाल पञ्चायतकालमा फर्कने बताए ।
नेता कोईरालाले सरकारले गणतन्त्र खतरामा परेको टिप्पणी गर्नु हास्यास्पद भएको जिकिर गरेका छन् उनलेे गणतन्त्र विप्लव नेकपा र राजाबादीहरुका कारणले नभएर सरकारका कारण खतरामा परेको टिप्पणी गरे । उनले भने,` सुन्नुभयाेहाेला सर्वदलीय बैठक बस्याे अनि विप्लव र राजावादीले गर्दा गणतन्त्र खतरामा पर्याे , मलाई त हासाे लाग्याे , खतरा त सत्ताकै कारण भएकाे छ नी ।´यस्तै कार्यक्रममा राष्ट्रिय राष्ट्रिय मानवअधिकार अायाेगका अायुक्त गाेविन्द शर्माले सर्लाहीमा हत्या गरिएका कुमार पौडेलको निष्पक्ष छानबिन गर्न सरकारले असहजता देखाएको टिप्पणी गरे । उनलेे राज्यको अाडमा मानवअधिकार हनन् नगर्न सरकारलाई अनुरोध समेत गरेका थिए । राजनीतिक एवम् अन्य विमतिहरु राख्दैमा राज्यले नागरिकलाई हत्या वा गिरफ्तारी गर्नु मानवअधिकार विरोधी भएको समेत बताए । अायुक्त शर्माले हिंसाको बाटो नसमात्न सबै पक्षले अाग्रह समेत गरेका थिए । उनले कुमार पाैडेल हत्याबारेकाे प्रतिवेदन १५ दिनमा सार्वजनिक गर्ने जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिलेकाे सरकार निरङकुश बन्न खाेजेकाे अाराेप लगाए ।
माअाेवादी केन्द्रका अध्यक्ष अध्यक्ष गाेपाल किराँतीले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीमाथी लगाएकाे प्रतिवन्धकाे विराेध गरे । कार्यक्रममा समाजबादी पार्टीका नेता रामरिजन यादव,वरिष्ठ पत्रकार नरेन्द्रजंङ्ग पिटर,बरिस्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवति,जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल,जनपत्रकार संगठनका नेपालका अध्यक्ष प्रकाश डुम्रे ,ईन्सेक प्रदेश संयोजक सोम बहादुर थापा,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्वव तिमिल्सिना,नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल लगायतले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन अभियान नेपालका राम भण्डारी र धन्यवाद मन्तब्य सरला रेग्मीले राखेकी थिइन् । कार्यक्रममा बरिष्ठ अधिवक्ता एवम् जनअधिकार अभियान नेपालका अध्यक्ष एकराजभण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।