नेकपाका ब्युरो सदस्य पुस्कर ,प्रज्वल अदालत परिसरवाट पुन : पक्राउ

२०७६ भाद्र ९ गते, सोमबार

काठमाडौं ,९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो तथा जिल्ला तहका नेता पुस्कर श्रेठ , प्रज्वल श्रेष्ठ , माधब गौतम र रमेश खड्का अदालत परिसरवाट पुन : पक्राउ परेका छन । गत बैशाख १७ गते अदालतकोले धरौटीमा रिहा गर्न आदेश पाएका उनीहरुले धरौटी रकम नबुझाएपछि सुनसरीको झुम्का कारागार चलन भएका थिए । तर आज उनीहरुले धरौटी बुझाएपछि कारगारको गाडीमा जिल्ला अदालत पुर्याइएको थियो र अदालतमा धरौटी रकम बुझाएपछि उनीहरुलाई पुन अदालत परिसर भित्रवाटै पक्राउ गरिएको छ । अदालतमा पुर्याइएका ति नेताको आफन्तले भेट्न खोज्दा प्रहरीले दुर्ब्याबहार गरेको ति नेताका आफन्तले बताए ।
अदालत परिसरवाटै पक्राउ परेका चारै जनालाई संखुवासभा लगिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]