दिल्ली पब्लिक र सुस्मा गोदावरी कलेजमा बम प्रहार

काठमाडौं, २० भदौ । धरान स्थित दिल्ली पब्लिक स्कुल र इटहरी स्थित सुस्मा गोदावरी कलेजमा गए मध्यराती शक्तिशाली बम प्रहार भएको छ । नेपाल भित्र संचालनमा रहेका शिक्षण संस्थाहरुको नेपाली नाम हुनु पर्ने बिगत देखिकै आवाज र सरकारी निती विपरीत भारतीय दादागिरीमा स्कुल संचालन गरेको आरोप लागेको दिल्ली पब्लिक स्कुलमा उक्त कारबाही भएको हो ।
भारतीय लगानी रहेको र त्यंहा कार्यरत कर्मचारीहरु समेत प्राय भारतीयहरुनै भएको बिषय प्रती खबरदारी भइ रहेपनी दिल्ली पब्लिकले बल मिचाइ गरिरहेको थियो ।
त्यस्तै सुनसरिकै इटहरी उपमहानगरपालिका स्थित सुस्मा गोधावरी कलेजमा पनि सोही समयमा शक्तिशाली बम प्रहार भएको जानकारीमा आएको छ । अत्यन्तै महंगो शुल्क लिएर बिद्यार्थी र अबिभावकको ढाड सेक्ने काम गरेको र शैक्षिक माफियाको आरोप लागिरहेको थियो ।