नेकपाका नेता नवीन जेल चलान

काठमाडौं, ९ असाेज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज नवीनलाई नख्खु कारागार चलान गरिएको छ । बिहीबार अदालतमा भएको बहसपछि हितमानलाई पुर्पक्षकालागि नख्खु कारागार चलान गरिएको हो ।
सोमबार ललितपुरबाट नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई प्रहरीले गिरफ्तार गरेको थियो ।