एमबीबीएस र बीडीएसमा बढाएको अध्ययन शुल्क तत्काल फिर्ता लिन माग

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको बिरोधमा संघर्षमा उत्रने बताएको छ । सो संगठनका अध्यक्ष चिरन्जिबी ढकालले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा बढाएको अध्ययन शुल्क तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा संघर्ष गर्न बाध्य हुने बताएका छन । हालै चिकित्सा शिक्षा आयोगले नेपाल राष्ट्र बैकको मुद्रास्फीतिका आधारमा यसवर्षदेखि नै लागू हुनेगरी आगामी दुई वर्षका लागि शुल्क ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको थियो । जसअनुरुप अब एमबीबीएसतर्फको काठमाडौ ँ उपत्यकाभित्र शुल्क ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएको छ। यस्तै,बीडीएसतर्फ २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ। चिकित्सा शिक्षाऐनले नै प्रत्येक दुई वर्षमा नेपाल राष्ट्र बै ंकको मुद्रास्फीतिअनुरुप शुल्क निर्धारणहुने व्यवस्था गरेको छ। यसअघि, उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार तोकिएको थियो भने उपत्यका बाहिर ४२ लाख ५० हजार शुल्क थियो। यस्तै, बीडीएसतर्फ १९लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण थियो।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकालले जारे गरेको विज्ञप्ति :