प्रहरी ज्यादती बन्द नगरे कडा संघर्ष !

२०७६ मंसिर ६ गते, शुक्रबार

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले प्रहरी ज्यादती तत्काल बन्द नगरे कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको स्वयम प्रहरी प्रशासन नै जिम्मेवार हुने जानेको छ । जनताले स्वतन्त्र रुपले बोल्न पाउने, हिडडुल गर्न पाउने, आफ्नो दैनिकी गर्न पाउने अधिकारको समेत कुन्ठित गर्दै आफ्नो पार्टीको समर्थक, शुभचिन्तकलाई प्रहरीले गिरफ्तार गरिरहेको उक्त पार्टीले जनाएको छ । सो पार्टीका दाङ सेक्रेटरी रतनले प्रेस विज्ञप्ति जारी गरि पार्टीका समर्थक, शुभचिन्तक,नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, धरपकड गर्ने, घर खानतलासी गर्ने, झुट्टा मुद्दा लगाउने जस्ता घृणित हर्कतहरु प्रहरीले गरिरहेको भन्दै यस विषयमा सम्पूर्ण मानवअधिकारकर्मी, नागरिक समाज, बुद्धिजिवी, पत्रकार लगायत सरोकार निकाय सबैमा ध्यानाकर्षण गरिदिन अनुरोध गरेका छन । त्यहीँ श्रृङखलामा पार्टीका समर्थक, शुभचिन्तक बबई गाउपालिका ट्वाङखोलाबाट रण बहादुर ओली, शान्तिनगरको पतेरीबाट प्रकास बुढा, तुल्सीपुरको बसपार्कबाट ठाकुर वि. क. लगायतलाई गिरफ्तार गरि पार्टीको हैसियतसम्म आफै निर्धारण गर्ने गरिएको छ, विज्ञप्तिमा भनिएको छ-‘यो झुट्टा हैसियत तय झुट्टा मुद्दा लगाउने नियतका साथ प्रपन्च रचिएको प्रस्ट देखिन्छ ।’ नेकपा दाङले सरकार र प्रहरी प्रशासनलाई यस्ता घृणित कार्य नगर्न र गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ता समर्थक, शुभचिन्तकहरुलाई निःसर्त रिहाईको माग गरेको छ । अन्यथा कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको स्वयम केपि-पिके प्रशासन नै जिम्मेवार हुने जानकारी समेत विज्ञप्तिमा गराएको छ ।
विज्ञप्तिमा लेखिएको छ -‘एकातिर अमेरिका हिन्द प्रशान्त रणनितीको नाममा नेपालमा आफ्नो प्रत्यक्ष उपस्थिति जनाउन खोजीरहेको छ भने अर्कोतिर भारतद्वारा नेपाली भूमि कालापानी, लिपुलेक लगायतका भूमि आफ्नो नक्साभित्र समेटेर सार्वजनिक गरेको छ । यता देशको शासन व्यवस्था संचालन गर्ने दलाल संसदिय ब्यबस्था जनताको जनजिबिका, भ्रस्टचार, महंगी, कालोबजारी लगायतका कयौँ देश र जनताको समस्याको समाधान गर्ने हैसियतमा देखिदैन । अर्कोतिर यहाँका संसदिय पार्टीहरु उपनिर्वाचनको तयारीमा छन् । यस दलाल संसदिय ब्यबस्थामा निर्वाचन वा उपनिर्वाचनले देश र जनताको समस्या समाधान गर्ने हैसियत राख्दैन त्यसकारण नेपाल कम्युनिष्ट पार्टी यो उपनिर्वाचनको खारेजीको लागि संघर्षरत छ ।’

यस बिषयमा नेकपा दाङका सेक्रेटरी रतनले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “यतिबेला नेपालको राजनीतिक परिस्थिति दिनप्रतिदिन देशभक्त, राष्ट्रबादी र प्रगतिसिल शक्ती भन्दा टाढा र देशीबिदेशी प्रतिक्रीयाबादी शक्तीको प्रपन्च भित्र फस्दैछ । एकातिर अमेरिका हिन्द प्रशान्त रणनितीको नाममा नेपालमा आफ्नो प्रत्यक्ष उपस्थिति जनाउन खोजीरहेको छ भने अर्कोतिर भारतद्वारा नेपाली भूमि कालापानी, लिपुलेक लगायतका भूमि आफ्नो नक्साभित्र समेटेर सार्वजनिक गरेको छ । यता देशको शासन व्यवस्था संचालन गर्ने दलाल संसदिय ब्यबस्था जनताको जनजिबिका, भ्रस्टचार, महंगी, कालोबजारी लगायतका कयौँ देश र जनताको समस्याको समाधान गर्ने हैसियतमा देखिदैन ।अर्कोतिर यहाँका संसदिय पार्टीहरु उपनिर्वाचनको तयारीमा छन् । यस दलाल संसदिय ब्यबस्थामा निर्बाचन वा उपनिर्बाचनले देश र जनताको समस्या समाधान गर्ने हैसियत राख्दैन त्यसकारण नेपाल कम्युनिष्ट पार्टी यो उपनिर्वाचनको खारेजीको लागि संघर्षरत छ । हाम्रा समर्थक, शुभचिन्तक र जनताहरु उपनिर्वाचन खारेजीको पक्षमा डटेर लाग्ने र आफ्नो मत जाहेर गरिराख्नु भएको छ । यसै सिलसिलामा हाम्रा पार्टीका समर्थक, शुभचिन्तक,नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, धरपकड गर्ने, घर खानतलासी गर्ने, झुट्टा मुद्दा लगाउने जस्ता घृणित हर्कतहरु केपी-पिके सरकार र त्यसको प्रशासनले गरिराखेको छ । यसै सिलसिलामा बबई गाउपालिका ट्वाङखोलाबाट रण बहादुर ओली, शान्तिनगरको पतेरीबाट प्रकास बुढा, तुल्सीपुरको बसपार्कबाट ठाकुर वि. क. लगायतका हाम्रा समर्थक शुभचिन्तकहरुलाई गिरफ्तार गरि पार्टीको हैसियतसम्म आफै निर्धारण गर्ने गरिएको छ । यो झुट्टा हैसियत तय झुट्टा मुद्दा लगाउने नियतका साथ प्रपन्च रचिएको प्रस्ट देखिन्छ ।
जनताले स्वतन्त्र रुपले बोल्न पाउने, हिडडुल गर्न पाउने,आफ्नो दैनिकी गर्न पाउने अधिकारको समेत कुन्ठित गरिएको छ । त्यसकारण मानवअधिकारकर्मी, नागरिक समाज ,बुद्धिजिवी, पत्रकार लगायत सरोकार निकाय सबैमा यस बिषयमा ध्यानाकर्षण गरिदिन अनुरोध गर्दछौं र केपी-पिके दलाल सरकार र त्यसको प्रहरी प्रशासनलाई यस्ता घृणित कार्य नगर्न र गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरु लाई निःसर्त रिहाईको माग गर्दछौ । अन्यथा कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको स्वयम केपि-पिके प्रशासन नै जिम्मेवार हुने जानकारी गराउदछौं।
सरकार र प्रहरी प्रशासनलाई यस्ता घृणित कार्य नगर्न र गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरुलाई निःसर्त रिहाईको माग गर्दछौ ।अन्यथा कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको स्वयम केपि-पिके प्रशासन नै जिम्मेवार हुने जानकारी गराउदछौं ।”

प्रतिक्रियाहरु

[anycomment]