भारतीय अतिक्रमणविरुद्ध बिरोध प्रर्दशन गर्न रोक !

काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिष्ट पार्टीले भारतीय अतिक्रमणविरुद्ध आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । सो पार्टीनिकट विभित्र जनवर्गीय संगठनले काठमाडौंको सोह्रखुट्टेमा भेला भएर विरोध र्याली आयोजनाको तयारी गरिरहेको बेला सयौंको संख्यामा रहेका प्रहरीले हस्तक्षेप गरेकोहो । विरोध र्यालीमा सहभागीले राष्ट्रियताका पक्षमा बोल्दा प्रहरीले दमन नगर्न भन्दै प्रहरीलाई अनुरोध गरेका थिए तर प्रहरीले माथिको अादेश भन्दै सहभागीलाई जबर्जस्ती गाडीमा राख्न खोजेपछि प्रहरी र प्रदर्शनकारी बिच केही समय वादविवाद भएको थियोे । प्रहरीले सोह्रखुट्टेबाट ४ जना सर्वसाधारणलाई गिरफ्तार गरेको बताइएको छ । गिरफ्तार पर्नेहरुमा स्वाधीनता र राष्ट्रियताका प्रखर पक्षधर दिनेश नेपाली र बबिता सार्कीसहितलाई सोह्रखुट्टे वृत्तबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । निजहरुलाई कहाँ र कसरी राखिएको छ भन्नेबारे जानकारी आएको छैन ।