भारतीय अतिक्रमणविरुद्धको प्रर्दशन प्रहरी हस्तक्षेप, ८ जना पक्राउ

काठमाडौं , १ पुष । नेपाल कम्युनिष्ट पार्टीले भारतीय अतिक्रमणविरुद्ध आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । भारतीय सिमा अतिक्रमणको बिरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय संगठनहरुले संयुक्तरुपमा अायोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । सोमबार काठमाडौंको ढल्कुमा जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरि ८ जनालाई पक्राउ गरेको हो ।कार्यक्रमबाट ८ जना गिरफ्तार भएको र तिमध्ये ६ जनालाई सोह्रखुट्टे प्रहरी वृत्त र २ जनालाई न्यूरोडस्थित जनसेवाको हिरासतमा राखिएको बुझिएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए । अन्तिममा सहभागी युवा तथा विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए ।