‘सरकारले जनताका घरघरमा पसेर आतंक मच्चाइरहेको छ’

२०७६ पुष २ गते, बुधबार

काठमाडौं , २ पुष । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई र उदयपुर जिल्ला सेक्रेटरी सुरेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रिस्कुबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।राईलाई यस अघि पनि प्रहरीले पक्राउ गरी विभिन्न जिल्ला सहित उदयपुरमा समेत मुद्धा चलाएर रिहा गरेको थियो ।
यसैबीच, केन्द्रीय सदस्य दिपेश राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई प्रहरीले मंगलबार उदयपुरको कटारीबाट गिरफ्तार गरेपछि सगरमाथा ब्यूरो इन्चार्ज अनुभव क्रान्तिले एक विज्ञप्ति निकाल्दै राज्यले आतंक नरोके देश हिंसातिर जाने चेतावनी दिएका छन । ‘केपी ओली नेतृत्वको सरकारले जनताका घरघरमा पसेर आतंक मच्चाइरहेको छ। यही आतंकका क्रममा हाम्रा दुई नेताको गैरकानुनी गिरफ्तारी गरिएको छ’,विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ परेका सबै बन्दीहरुलाई रिहा नगरे देश थप झडप र हिंसातिर जानेछ। यो अवस्थाको जिम्मेवार स्वयम् ओली नेतृत्वको सरकार हुनेछ।’

प्रतिक्रियाहरु

[anycomment]