‘संघर्षको आगो बाल्न बाध्य नपार ‘

काठमाडौं , २ पुष । भारतले लिपुलेक,लिम्पियाधुरा र कालापानी समेतको नेपाली भुमि आफ्नो देशको नक्सामा राखेर प्रकाशन गरे देखि नै अखिल ( क्रान्तिकारी) त्यो नक्साको खारेजी र कालापानीबाट भारतिय सेना फिर्ताको माग राख्दै संघर्षमा होमिएको छ । त्यहीँ राष्ट्रियताका नाराहरु लेख्दै रुकुममा स्वाभिमानको जागरण गराउदै गर्दा अखिल (क्रान्तिकारी)का पश्चिम रुकुम जिल्ला उपाध्यक्ष वसन्त चन्द र संगठन समर्थक विद्यार्थी अतिराम रोकायलाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी) पश्चिम रुकुमका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बाेहराले एक प्रेस विज्ञप्ति जारी गरि दुवैलाई रुकुमको सानीभेरी गाउपालिका वडा नं ४ चौखेबाट गिरफ्तार गरिएकाे भन्दै बिनाकारण अनावश्यक रूपमा गरिएको गिरफ्तारीको घोर निन्दा एवंम भ्रत्सना गर्नुभएको छ । आफ्नो भुमिको लागि आफ्नो स्वाधिनताका लागि विद्यार्थीको आवाजहरुलाई अपराध देख्ने दृष्टिदोषको छिटो उपचार होस् भन्दै उहाँले गिरफ्तार साथिहरुलाई बिनासर्त तुरुन्त रिहाइ गरियोस उल्लेख गरिएको छ,’अन्यथा हामी संघर्षको आगो बाल्न बाध्य हुने छौँ र त्यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी दलाल सामाजिक फासिवादीहरुको कथित गृह प्रशासन हुनुपर्ने छ ।’
यस बिषयमा अखिल (क्रान्तिकारी) पश्चिम रुकुमका अध्यक्ष प्रेम प्रशान्त बोहराले जारी गरेको प्रेस विज्ञप्ती यसप्रकार रहेको छ –
“१-देशको सिमा मिचिएको छ । राष्ट्रिय स्वाधिनतामाथी नाङ्गो हस्तक्षेप भइरहेको छ।यस्तो पिडादायी दृश्य टुलुटुलु हेरेर को राष्ट्रप्रेमी छोरा मौन बस्न सक्छ ? तपाईं सक्नु हुन्छ ?आज नागरिक सीप मुलुक शिक्षा( वैज्ञानिक शिक्षा) नपाएर बिदेशिको गुलाम भएका छन् । यो अवस्थालाई सामान्य ठानेर को सचेत नागरिक आँखा बन्द गरेर ,कानमा कपास राखेर र मुखमा ताल्चा लगाएर बस्नसक्छ ?तपाई सक्नुहुन्छ ? आज यो देशको कोहि नागरिक रोगले ग्रसित भएर उपचार गर्न भिख मागिरहेको छन , त कोही भिख नपाइ मरिरहेको छ न । के नेपाली गौरव गर्न सक्छ यसैमा ? तपाईं सक्नुहुन्छ ? तर हामी सक्दैनौ ! निरन्तर बोल्छौ निशुल्क बैज्ञानिक शिक्षा,स्वास्थ्य र रोजगारिको ग्यारेन्टिको पक्षमा । संघर्ष गर्छौ राष्ट्रिय स्वाधिनताको निमित्त ।,चाहे लागोस हातमा हत्कडी खुट्टामा नेल ,चाहे बर्सिउन छातिमा तोपहरु ।
२- यहाँहरुलाइ अवगत नै छ, भारतले लिपुलेक,लिम्पियाधुरा र कालापानी समेतको नेपाली भुमि आफ्नो देशको नक्सामा राखेर प्रकाशन गरे देखि नै अखिल ( क्रान्तिकारी) त्यो नक्साको खारेजी र कालापानीबाट भारतिय सेना फिर्ताको माग राख्दै संघर्षमा होमिएको छ ।जुन संघर्षलाई थेग्न नसकेको केपि सरकार यता कुटनितिक पहलको कायर गनगन गरिरहेको छ ।उता भारतले यिनिहरुको कुटनितिलाई रद्दिको टोकरिमा मिल्काइदिएको छ । यस्तो अवस्थामा आफ्नो भुमिको लागि आफ्नो स्वाधिनताका लागि लड्नु प्रत्यक नागरिकको कर्तब्य हो ।
३- राष्ट्रका लागि आफ्नो कर्तव्य पूरा गरिरहेका सचेत नेपाली सपुतहरु लाई बिदेशीहरुको इशारामा भ्रष्टाचार ,धोखेबाज र गद्दारहरुको नाइके केपि-पिके ,बादलहरुको आदेशमा लाठि र बुट बजार्नु,दमन,धरपकड र पक्राउ गर्नु नेपाल प्रहरिको दैनिकी भएको छ ।हिजो मात्रै राष्ट्रियताका नाराहरु लेख्दै रुकुमेली जनताहरुमा स्वाभिमानको जागरण गराउन गाउँ पस्नु भएका हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारिका उपाध्यक्ष वसन्त चन्द र हाम्रा समर्थक विद्यार्थी अतिराम रोकायलाइ सानिभेरी गाउपालिका वडा नं ४ चौखेबाट गिरफ्तार गरि रुकुम प्रहरी प्रशासनले आफ्नो देशद्रोही चरित्र प्रदर्शन गरेको महसुस हामिले गरेका छौँ ।प्रहरिलाइ हाम्रो प्रश्न छ- तपाई भारतको सेवा गर्दै कि नेपालको ? लिपुलेक हाम्रो हो भनेर बिद्यार्थिले के अपराध गरेका छन ? निशुल्क शिक्षा माग्दा तपाईंको परिवारलाई के घाटा छ ? तपाईहरुको जवाफ होला हामी ड्युटी पूरा गर्दैछौं ।कृपया ड्युटी मिन्स कर्तव्य ! र देश बचाउने र नागरिकको मौलिक हकको रक्षा गर्ने कर्तव्य पनि तपाइहरुकै हो ।यदि यो कर्तव्य पूरा नगरी मालिकको आदेश मात्रै पालन गर्ने हो भने यो देशले न तपाईलाई आफ्नो सन्तान मान्नेछ न तपाईंको सम्मान गर्नेछ ।एउटा कुरा स्मरण होस जब सम्म सरकार एक थान नागरिकता र एक थान पासपोर्ट बेच्नुलाइ मात्रै आफ्नो कर्तव्य ठानिरहन्छ ।अनि सिमा नदिनाला बेचेर रिसोर्ट बुकिङ गरिरहन्छ नि तब सम्म सरकार बिरुद्दका स्वरहरु गुन्जिरहन्छ्न ,र विस्फोट भैरहन्छन बिद्रोहहरु ।
४-विद्यार्थीको आवाजहरुलाइ अपराध देख्ने दृष्टिदोषको छिटो उपचार होस ।दमनको चक्रले न्याय ,सच्याइ ,रुपान्तरण र अग्रगमणको पक्षमा भएको आन्दोलनलाई दबाउन नसकेको ऐतिहासिक दृष्टान्तहरु पनि देख्नुभएकै होला तसर्थ बिनाकारण अनावश्यक रूपमा गरिएको गिरफ्तारीको घोर निन्दा एवंम भ्रत्सना गर्दै गिरफ्तार साथिहरुलाई बिनासर्त तुरुन्त रिहाइ गरियोस!अन्यथा हामी संघर्षको आगो बाल्न बाध्य हुने छौँ र त्यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी दलाल सामाजिक फासिवादीहरुको कथित गृह प्रशासन हुनुपर्ने छ।”