क्रान्तिकारी र देशभक्तहरूमाथि घरपकड, कुटपिटमा उत्रनु गलत

२०७६ पुष १४ गते, सोमबार

काठमाडौं , १४ पुष । नेपाल कम्युनिस्ट पार्टी आवद्ध जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा हिजो राजधानीमा एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति गम्भिर ध्यानाकषर्ण भएको बताइएको छ । सो पार्टीको संयुक्त ज.ब.स.को तर्फबाट चिरञ्जीवी ढकालले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा जनाएका हुन् ।ढकालद्वारा जारी बिज्ञप्तीमा
जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा नेपाली भूमि माथि भारतीय साम्राज्यवादको अतिक्रमण र वर्तमान सरकारले गरेको राष्ट्रघाती एम.सि.सि. सम्झौताको विरोधमा काठमाण्डौंको प्रर्दशनीमार्गमा भएको शान्तीपूर्ण विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ । उक्त विरोध प्रर्दशनबाट मकर गुरूङ, मिम ऐडी, मुना राई, कविता कार्की, दल ब. रोकाया, उपेन्द्र रसाईली, गगन पुरी, विकास साह, मनोज बुढा, सविन सापकोटा , रामचन्द्र थापा मगर, रमेश वस्नेत, अर्जुन लामिछाने, सर्वजीत सिंह, माधव घिमिरे, जस सुनार, जितेन्द्र श्रेष्ठ, गगन विसी, दिपेन्द्र ब. लेकाली, दिनेश तामाङ, जगतप्रसाद बुढा, रेशम श्रीस, बालकृष्ण भट्ट, दिपक मानन्धर, टोप ब. श्रेष्ठ, भूवन लगायत जनसाधरण समेत गरी दुई दर्जन बढीलाई प्रहरीले गिरफ्तार गरेको घटना अत्यन्तै घृणित , अमानविय र निन्दनीय भएको उल्लेख गर्दै प्रहरी जस्तो जिम्मेवार सुरक्षा निकायबाट केपी सरकारले गरेको राष्ट्रघाती कर्तुतका विरूद्धको प्रर्दशनमा उत्रेका क्रान्तिकारी, देशभक्तहरूमाथि दलालहरूले आदेश गरे भन्दैमा घरपकड, कुटपिटमा उत्रनु, आदेश सही छ कि गलत छ भनेर सामान्य ढंगले पनि विश्लेषण गर्न नसक्नु गम्भिर चिन्ताको विषय भएको जनाइएको छ ।
यस बिषयमा संयुक्त ज.ब.स.को तर्फबाट चिरञ्जीवी ढकालले जारी गरेको बिज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” हिजो २०७६ पुस १३ गते हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी आवद्ध जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा नेपाली भूमि माथि भारतीय साम्राज्यवादको अतिक्रमण र वर्तमान दलालहरूको केपी सरकारले गरेको राष्ट्रघाती एम.सि.सि. सम्झौताको विरोधमा काठमाण्डौंको प्रर्दशनीमार्गमा भएको शान्तीपूर्ण विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ । उक्त विरोध प्रर्दशनबाट क. मकर गुरूङ, मिम ऐडी, मुना राई, कविता कार्की, दल ब. रोकाया, उपेन्द्र रसाईली, गगन पुरी, विकास साह, मनोज बुढा, सविन सापकोटा , रामचन्द्र थापा मगर, रमेश वस्नेत, अर्जुन लामिछाने, सर्वजीत सिंह, माधव घिमिरे, जस सुनार, जितेन्द्र श्रेष्ठ, गगन विसी, दिपेन्द्र ब. लेकाली, दिनेश तामाङ, जगतप्रसाद बुढा, रेशम श्रीस, बालकृष्ण भट्ट, दिपक मानन्धर, टोप ब. श्रेष्ठ, भूवन लगायत जनसाधरण समेत गरी दुई दर्जन बढीलाई प्रहरीले गिरफ्तार गरेको घटना अत्यन्तै घृणत, अमानविय र निन्दनीय छ । प्रहरी जस्तो जिम्मेवार सुरक्षा निकायबाट केपी सरकारले गरेको राष्ट्रघाती कर्तुतका विरूद्धको प्रर्दशनमा उत्रेका क्रान्तिकारी, देशभक्तहरूमाथि दलालहरूले आदेश गरे भन्दैमा घरपकड, कुटपिटमा उत्रनु, आदेश सही छ कि गलत छ भनेर सामान्य ढंगले पनि विश्लेषण गर्न नसक्नु गम्भिर चिन्ताको विषय हो । नेपालको हजारौं हेक्टर भूमि मिचेको भारतीय साम्राज्यवादको विरूद्ध चुँ पनि बोल्न नसक्नु ओली सरकारको राष्ट्र र जनताप्रतिको गद्दारी त हुँदै हो, त्यसमाथि पनि आफ्नो माटोको रक्षाको लागि आवाज उठाउने योद्धाहरूलाई दमन गर्न आदेश गर्नु ओली सरकारको पागलपन हो । आफ्नो जनता र राष्ट्रलाई बेचेर खरबौंपती भन्ने निकृस्ट उदेश्यमा गिरेको ओली सरकार एम.सि.सि. जस्तो राष्ट्रघातको खेलमा लागेर अमेरिकी साम्राज्यवादको चाकडी गरिरहेको छ । एम.सि.सि. मार्फत खुलम–खुला अमेरिकी साम्राजयवादलाई आफ्नो मुलुकको सार्वभौमिकता बेच्ने तहममा गिरेको ओली सरकार विदेशीहरूको कठपुतली बनेको छ । जताततै हत्या, हिंसा, बलात्कार, भ्रष्टचार, नातावाद, कृपावाद, सार्वजनिक सम्पत्तीको अपचलन जस्ता क्रियाकलापको दलदलमा पतन हुन पुगेको छ ओली सरकार ।
सम्पूर्ण विचार, मूल्य, मान्यता र आदर्शबाट विचलित भएर क्रान्तिकारी एवं देशभक्तिपूर्ण आन्दोलनमा उत्रेका साथीहरूलाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउन खोज्नु सरकारको निकट क्रान्तिसँग डराएर गरेको कायरतापूर्ण हर्कत हो । उक्त विरोध कार्यक्रमबाट गिरफ्तार गरिएका सम्पूर्ण क्रान्तिकारी, देशभक्तहरूलाई तत्काल स–सम्मान रिहाई गर्न हामी जोडदार माग गर्दछौं । ओली सरकारको यस्ता राष्ट्रघाती र कायरतापूर्ण हर्कतको विरोध र भण्डाफोर गर्न हामी सम्पूर्ण सच्चा कम्युनिस्ट, क्रान्तिकारी देशभक्त, मानवअधिकारवादी, पत्रकार, बुद्धिजीवी, सचेत सुरक्षाकर्मी लगायत सम्पूर्णमा विशेष अपिल गर्दछौं । गिरफ्तार साथीहरूलाई तत्काल रिहाई नगरे कडा संघर्षद्वारा ओली सरकारको प्रतिवाद गरिने चेतावनी दिन चाहन्छौं ।”

//

प्रतिक्रियाहरु

[anycomment]