नेकपा नेता अदालतबाटेै पुन: गिरफ्तार

२०७६ माघ ९ गते, बिहीबार

काठमाडाैँ, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेलसहित ३ जनालाई अाज धराैटी चुक्ता गरि रिहाइ हुँदै गर्दा अदालत परिसरमै प्रहरीले पुन: गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरो बैठकबाट २१ जना सामुहिक गिरफ्तारी पर्नुभएका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेल, राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य प्रदिप वलीलाई जिल्ला अदालत परिसरबाटै गिरफ्तार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित दाङबाट गिरफ्तार हुनुभएर पनि अदालतले प्रति व्यक्ति जनही १५/१५ हजार धराैटीमा रिहा गर्न जिल्ला अदालत दाङले आदेश दिएकाे थियो । साेहि बमाेजिम अाज धराैटी दाखिला गरि रिहा हुदै गर्दा प्रहरीले अदालतकाे अादेश लत्याउदै गिरफ्तार गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]