पूर्व सञ्चार मन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

२०७६ फाल्गुन २८ गते, बुधबार

काठमाडाैँ, २८ फागुन । पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा आज बिहान बम विस्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]